काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ५ को फिनाले शुक्रबार हुँदैछ । यतिबेला चारजना फाइनलिस्टलाई भोट माग्न भ्याइनभ्याइ छ । सामाजिक सञ्जालदेखि सार्वजनिक समारोहमा पुगेर फाइनलिस्टले भोट मागिरहेका छन् ।
विनोद राई, मकर योञ्जन, नोगेन लिम्बू र कुमार प्रयास उपाधिका लागि भिड्दैछन् । यीमध्ये कुनै एकले शुक्रबार पाँचौं सिजनको उपाधि जित्नेछ । बढी भोट ल्याउनेले जित्ने हुँदा प्रतिस्पर्धी दर्शक फकाउन व्यस्त देखिएका छन् ।

धरानका मेयर हर्क साम्पाङले विनोदलाई समर्थन नै व्यक्त गरेका छन् । एक समारोहमा विनोदँसगै गीत गाउँदै हर्कले उनका लागि भोटको अपील गरे । साम्पाङले चौथो सिजनमा सविना योङहाङ लिम्बूको लागि भोट मागेका थिए ।
यसपटक भने विनोदको पक्षमा हर्क खुलेका छन् । सार्वजनिक भिडियोमा मेयर साम्पाङले विनोदको गायकीको प्रशंसा गरेका छन् । साम्पाङ स्वयं पनि संगीतप्रति रुचि राख्छन् । उनले आफूलाई कलाकार पनि बताउने गरेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


एमाले नेता तथा केपी ओली प्रधानमन्त्री हुँदा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहिसकेका बसन्तकुमार नेम्बाङले पाँचथरका नोगेन लिम्बूको लागि भोट मागेका छन् । नोगेनलाई पाँचथरका आशालाग्दा प्रतिभा बताउँदै नेता नेम्बाङले फाइनलिस्ट बनेकोमा बधाई दिएका छन् । नोगेनलाई भोट गर्न उनले देश तथा विदेशमा रहेकालाई आग्रह गरेका छन् ।
अर्का फाइनलिस्ट सोलुखुम्बुका कुमार प्रयास राईलाई पनि सामाजिक सञ्जालमार्फत भोट आह्वान गरिएको छ । चारै फाइनलिस्टले भोट अभियान नै चलाएका छन् ।अनलाइन खबरबाट
