जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा झापाका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा कमल गाउँपालिका-४ घर भई हाल काठमाडौँस्थित टोखा नगरपालिका- ३ बानियाटार बस्ने ५० वर्षीय गणेशकुमार कुलुङ राई रहेका छन् ।
उनले भक्त बहादुर राई समेत दुईजनालाई वैदेशिक रोजगारीको लागि जापान पठाइदिन्छु भन्दै प्रतिव्यक्ति पन्ध्र लाख रुपैयाँ लाग्छ र जापान पुगेपछि प्रतिष्ठित होटेलमा कुक काममा मासिक दुई लाख रुपैयाँ तलब हुन्छ भनी विश्वास दिलाएर उनीहरूबाट पटक पटक गरी जम्मा छ लाख पचास हजार रुपैयाँ रकम ठगी गरी सम्पर्क विहीन भएका थिए ।

पीडितहरूको उजुरीको आधारमा प्रहरीले राईलाई बुधबार टोखा १६ माछा पोखरीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइसकेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



