२०८० फाल्गुन २० आईतवार

झापामा एकै दिन तीनजना मृत फेला

झापामा तीन जना मृत फेला परेका छन् । दुईजना झुन्डिएको अवस्थामा र एकजना भवनभित्र मृत फेला परेका हुन् । आज बिहान ६.३० बजे बिर्तामोड ६ स्थित गिरीबन्धु चिया बगानमा इलाम देउमाई नगरपालिका वडा नं. ८ जीतपुर आमबोटे बस्ने १७ वर्षीय प्रभु तामाङ झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

रुखमा सलको पासो लगाई उनी झुन्डिएको अवस्थामा फेला इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । तामाङ विगत ४ दिनअघि घरबाट हिँडेका थिए । त्यस्तै शिबसताक्षी १० स्थित वाणिज्य संघको निर्माणाधीन भवनभित्र मागी खाई हिँड्ने पुरुष मृत फेला परेका छन् । मृतक धरान ६ बस्ने अन्दाजी ४० वर्षीय यमकुमार धमला भएको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि दमक अस्पताल दमक पठाइएको जनाइएको छ । त्यस्तै आज बिहान ११ः३० बजेको झापा गाउँपालिका ३ गैरिगाउँ बस्ने गोविन्द पराजुलीकी छोरी १६ वर्षीया अनुसा पराजुली आफ्नै घरको आफू सुत्ने कोठाको बाँसको बलोमा सलको पासो लागेर झुन्डिएकी छन् । आफन्तले देखेर तत्काल पासो खोली भुईँमा झारेकोमा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

२०८० पुष १९, बिहीबार प्रकाशित 0 Minutes 263 Views

ताजा समाचार