१९ पुस, काठमाडौं । विद्यार्थीले त्रिभुवन विश्वविद्यालयको प्रिन्सिपल कार्यालय तोडफोड गरेका छन् ।
माघ पहिलो सातादेखि हुन लागेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८० को लागि सिफारिस गरिएको खेलाडीको नामावलीको विषयलाई लिएर तोडफोड गरेका हुन् ।

प्रिन्सिपल कार्यालयले बुधबार प्रतियोगितामा सहभागी हुने १८ जना खेलाडी, एक जना मेनेजर, दुई जना प्रशिक्षकको नामावली बागमती प्रदेश क्रिकेट संघलाई सिफारिस गरेको थियो । सोही सिफारिसमा आपत्ति जनाउँदै विद्यार्थीले तोडफोड गरेका छन् ।
विद्यार्थीहरुले प्रिन्सिपल ध्यानेन्द्र बहादुर राईको कार्यकक्षमा भएको कागजात छरपस्ट बनाउनुको साथै टेबलको सिसा फुटाएका छन् । अनलाइन खबरबाट
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



