काँकरभिट्टा । सन् २०२४/२०२५ का लागि रोटरी क्लब अफ काँकरभिट्टाको अध्यक्षमा डा. आनन्दराज खनाल चयन भएका छन् । अध्यक्ष खनाल रोटरी क्लब अफ काँकरभिट्टामा सदस्यबाट प्रवेश गरेका थिए । रोटरीमा आवद्ध भएपछि उनको नेतृत्वमा झापा जिल्लाका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएका छन् ।
शनिबार सुनसरीको कोशी टप्पुमा सम्पन्न साधारणसभाबाट खनालको नेतृत्वमा सर्वसम्मत पदाधिकारी चयन गएिको हो । खनाल अध्यक्ष भए लगत्तै रुद्र मैनाली स्वतः इमिडेट पास्ट प्रेसिडेन्ट भएका छन् । सामाजिक कार्यमा सक्रिय अन्तर्राष्ट्रिय संस्था रोटरी क्लबमा यसअघि नै प्रेसिडेन्ट, प्रेसिडेन्ट नोमिनी र प्रेसिडेन्ट इलेक्ट चयनको व्यवस्था गरिएको छ । रोटरी क्यालेन्डर अनुसार जुलाई १ तारिखदेखि पुरानो समितिको पदावधि पूरा हुने हुँदा प्रस्तावित अध्यक्ष (प्रेसिडेन्ट इलेक्टमा) स्वतः अध्यक्ष (प्रेसिडेन्ट) हुने प्रावधान अनुसार खनाल सन् २०२४/२५ को अध्यक्षमा चयन भएका हुन् ।
कोशी टप्पु वन्यजन्तु आरक्षण परिसरमा रहेको ‘एक्वा बड्स वाईल्डलाईफको रिसोटमा’ भएको साधारणसभाका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले गरेका थिए । कार्यक्रममा बोल्दैं उनले रोटरीबाट सिक्नुपर्ने धेरै कुरा भएको भन्दैं नेतृत्व चयनका लागि रोटरीको प्रणाली निक्कै प्रशंसा योग्य रहेको बताए । कार्यक्रमका विशिष्ट अतिथि मेचीनगर नगरपालिका निवर्तमान नगरप्रमुख विमल आचार्य रहेका थिए ।
उद्घाटन पश्चात सन् २०२४/२०२५ का अध्यक्ष खनालले आफ्नो टिमको नाम घोषणा गरेका थिए । अध्यक्ष खनालका अनुसार क्लबको प्रेसिडेन्ट इलेक्टमा उदयकुमार श्रेष्ठ र प्रेसिडेन्ट नोमिनीमा विजया तामाङलाई चयन गरिएको छ । प्रथम उपाध्यक्षमा कृष्णराज पौडेल, द्वितिय उपाध्यक्षमा युवराज भट्टराई, सेक्रेटरीमा इञ्जिनियर जीवन भट्टराई, ज्वोइन्ट सेक्रेटरी तथा वेभ मास्टरमा नितेशकुमार सिहं रजपुत, ट्रेजररमा कृष्णकान्त (नवराज) खनियाँ र ज्वाइन्ट ट्रेजररमा दुर्गाबहादुर लुईटेल सन् २०२४/२०२५ का लागि चयन भएका छन् । यसैगरी, क्लब मेन्टरमा दिलीप सुवेदी, क्लब ट्रेनर सुजन प्रधान चयन भएका छन् ।
क्लब सल्लहाकारमा पूर्वअध्यक्षहरु गोपाल तामाङ, राजु महर्जन, राधिका गुरुङ, अशोककुमार श्रेष्ठ, मोहन निरौला, रोहितकुमार बुढाथोकी, मेदनीप्रसाद खरेल, कमल थापा रहेका छन् । सदस्यहरुमा गीता आचार्य, शरद खनाल, बसन्त तिवारी, नबिन बराल, दिपेन्द्रराज पाण्डे, बालकुमार घिमिरे, बब्लु क्षेत्री, पेमा तामाङ र प्रकाश श्रेष्ठ चयन भएका छन् । क्लब एडमिनिस्ट्रेशन चियरमा भगिरथ राई, मेम्बरशीप कमिटी चियरमा रविचन्द्र नेपाल, पब्लिक इमेज चियरमा लक्ष्मीदेवी खनियाँ, सर्भिस प्रोजेक्ट चियरमा बोधराज निरौला, रोटरी फाउन्डेसन चेयरमा विवेक श्रेष्ठ, ,सरजेन्ट एट आम्र्समा रीता श्रेष्ठ, यूथ सर्भिसमा रविन सुवेदी र टच कमिटी चियरमा बासुदेव कोइराला सर्वसम्मत चयन भएका छन् ।
सन् २०२३/२०२४ का सेक्रेटरी भगिरथ राईले सञ्चालन गरेको कार्यक्रममा सहभागी सबैलाई प्रेसिडेन्ट इलेक्ट उदयकुमार श्रेष्ठले स्वागत स्वागत गरेका थिए ।