२०८१ बैशाख २३ आईतवार

प्रधानमन्त्री कप महिला टी-२० को सर्वोत्कृष्ट खेलाडी रुबिना क्षेत्री

काठमाडौँ, पुस १८ गते । कोशी प्रदेशकी कप्तान रुबिना क्षेत्री प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सवोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । फाइनलमा एपीएफ क्लबसँग पराजित भए पनि रुबिनाले कोशीका लागि सर्वाधिक ६२ रन बनाइन् । उनले उपाधिसहित यमाहाको स्कुटर पुरस्कार पाइन् ।

नेपाली महिला क्रिकेट टोलीकी पूर्वकप्तान समेत रहेकी रुबिनाले यस प्रतियोगितामा अलराउन्डर खेल प्रदर्शन गरिन् । उनले १० खेलमा तीन अर्धशतकसहित कुल तीन सय ४५ रन बनाउनुका साथै ११ विकेट पनि लिएको थिइन् । त्यस्तै, उदीयमान खेलाडी ज्योत्स्निका मरासिनी, उत्कृष्ट ब्याटर सुमन खतिवडा र उत्कृष्ट बलर पूजा महतो चुनिइन् ।

ब्यक्तिगत उत्कृष्टलाई जनही ५० हजार रुपियाँ पुरस्कार प्रदान गरियो । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको प्रतियोगिताको फाइनलमा एपीएफले कोशीलाई ११ रनले हराउँदै उपाधि जितेको हो ।

उपाधि विजेता टोली र खेलाडीलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतले पुरस्कार प्रदान गरे । पुस ५ गतेबाट सुरु भएको प्रतियोगितामा विभागीय टोली एपीएफ र सात प्रदेशगरी आठ टोलीको सहभागिता थियो ।

२०८० पुष १८, बुधबार प्रकाशित 1 Minute 213 Views

ताजा समाचार