बिर्तामोड । पृथ्वीनारायण शाहको १३१ औं जन्मजयन्तीको अवसरमा झापाको चारआलीस्थित श्री नयाँ गणको सेनाको टुकडीले सलामी दिएको छ। बुधवार कनकाई नगरपालिका १ स्थित पृथ्वीनारायण शाहको शालिकमा आयोजित कार्यक्रममा सेनाको गणले सलामी अर्पण गर्दै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाएको हो।
प्रदेश सभा सांसद एकराज कार्कीले सो अवसरमा पृथ्वी नारायण शाहको योगदानकै कारण नेपाल अहिलेसम्म कसैको अधीनमा नरहेको बताए । सोही अवसरमा राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिताको समेत आयोजना गरिएको थियो।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



