२०८० फाल्गुन २० आईतवार

कार्य सम्पादनमा प्रहरी कार्यालय झापा उत्कृष्ट

झापा । नेपाल प्रहरीको कार्य सम्पादनमा मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय झापा उत्कृष्ट भएको छ । नेपाल प्रहरी कार्य योजना तथा वार्षिक कार्य सम्पादन सम्झौता, २०८० लाई प्रभावकारी बनाउने उद्देश्य अनुसार कोशी प्रदेशअन्तर्गत रहेका प्रहरी कार्यालयहरूमध्येबाट कार्तिक र मङ्सिर महिनामा जिल्ला प्रहरी कार्यालय झापाले उत्कृष्ट कार्य गरेको हो ।

प्रहरीको वार्षिक कार्य योजना कार्यान्वयन गर्नुपर्ने बुँदागत विषयहरूमा कार्तिक र मङ्सिर महिनासम्म गरेका कार्यहरूको प्रगति विवरण समीक्षा गर्दा प्रहरी कार्यालय झापाले कार्य योजना अनुसार उत्कृष्ट कार्य गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरी कार्यालय झापालाई कोशी प्रदेश प्रहरी प्रमुख तथा डीआइजी राजेशनाथ बास्तोलाले उत्कृष्ट कार्य सम्पादनको बधाईसहित प्रशंसा पत्र प्रदान गरेको छ ।

डीआइजी बास्तोलाले कोशी प्रदेश अन्तरगत रहेका अन्य प्रहरी कार्यालयहरूले समेत कार्य योजना अनुसार प्रहरी कार्य गरिरहेको तथा आगामी दिनमा तीव्रताका साथ निरन्तर रुपमा लागि पर्न निर्देशन समेत दिएका छन् । प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मी र डीएसपी खगेन्द्रप्रसाद रिजालले जिल्लाको नेतृत्व गर्दै आएको छ । टाइम्स अफ प्रदेशबाट

२०८० पुष १८, बुधबार प्रकाशित 0 Minutes 146 Views

ताजा समाचार