ताप्लेजुङ । पहिचानवादीहरूको बन्दका कारण पूर्वी पहाडी जिल्लाहरूलाई जोडेको मेची राजमार्गमा यातायात सेवा प्रभावित भएको छ ।
प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले पक्राउ परेका पहिचानवादी नेताको रिहाइकाे माग गर्दै बन्दकाे आह्वान गरेका हुन् । बन्दका कारण ताप्लेजुङसहित पाँचथर, इलाम र झापा जिल्लामा रहेको मेची राजमार्गमा बिहानैदेखि यातायातका साधन चलेका छैनन् ।

आज बुधवारका लागि टिकट लिएका यात्रु गन्तव्यमा जान नपाई सम्बन्धित जिल्लाहरूमै रोकिएका छन् । समितिले विज्ञप्ति निकालेर आज र भोलि बिहीवारका लागि बन्द आह्वान गरेको हो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



