यो स्याटेलाइटले अन्तरिक्षमा हुने विकिरणको अध्ययन गर्नेछ । साथै यसले विकिरणका स्रोतहरुको पनि तस्वीर खिच्नेछ । रमन रिसर्च इन्स्टिच्यूटले स्याटेलाइटमा जडित टेलिस्कोप निर्माण गरेको हो ।
यो स्याटेलाइटले ब्रम्हाण्डमा सबैभन्दा धेरै चम्किने ५० वटा स्रोतहरुको अध्ययन गर्नेछ, जसमा पल्सर, ब्ल्याक होल एक्सरे बाइनरी, एक्टिभ ग्यालेक्टिक न्यूक्लियाई, नन थर्मल सुपरनोभालगायतका रहेका छन् । यो स्याटेलाइट साढे ६सय किलोमिटरको उचाइमा तैनाथ हुनेछ ।
इसरोले ७ वर्षअघि सन् २०१७ मा यो मिसनको सुरुवात गरेको थियो जसमा करिब साढे ९ करोड डलर खर्च भएको छ ।
श्रीहरिकोटाबाट प्रक्षेपण भएको करीब २२ मिनेटपछि नै एक्सपोस्याट स्याटेलाइट आफ्नो कक्षमा स्थापित भैसकेको थियो ।
यो स्याटेलाईटमा दुईवटा पेलोड रहेका छन् । जसमा पहिलो पोलिक्स र दोस्रो एक्सपेक्ट छन् । एक्सपोस्याटको लागत २५ करोड भारु रहेको बताइएको छ ।
इसरोका अनुसार यो अन्तरिक्ष मिसनले ब्ल्याक होलका बारेमा हालसम्म रहेको ज्ञानलाई बढाउनमा सहयोग गर्नेछ ।
ब्लाक होल अर्थात् कालो छिद्र भनेको अन्तरीक्षको यस्तो क्षेत्र हो जहाँ पदार्थहरु आफैमा विलिन हुन्छन् । ब्ल्याक होलको गुरुत्वाकर्षण बल यति ससक्त हुन्छ कि प्रकाश समेत त्यसबाट भाग्न सक्दैन ।
कतिपय ठूला ताराहरु विस्फोट भएर अन्त्य हुने क्रममा ब्ल्याक होलको निर्माण हुन्छ । कतिपय ब्ल्याक होलहरु इति विशाल हुन्छन् कि यिनको आकार सूर्यको भन्दा अर्बौं गुणा ठूलो हुन्छ । अनलाइन खबरबाट