२०८१ बैशाख २१ शुक्रबार

जनप्रतिनिधि र कर्मचारीले मेचीनगरलाई भ्रष्टचार र कुशासनको अखाडा बनाए : नेपाली काँग्रेस

मेचीनगरमा, पुस १८ । नेपाली काँग्रेस झापा क्षेत्र नं. १ ले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै मेचीनगर नगरपालिकाको कार्यालय भ्रष्टचार र कुशासनकाको अखाडा बनाएको कारण नगरबासीको दैनिक काम कारबाहीमा समस्या उत्पन्न भएको अवस्थालाई नेपाली काँग्रेसले मुख दर्शक भएर नबस्ने चेतावनी दिएको छ ।

काँग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘नागरिकको दैनिकीलाई सजिलो बनाउने काममा जनप्रतिनिधि लाग्नु पर्ने अवस्थामा जनप्रतिनिधिले नेतृत्व गरेको संस्था नै भ्रष्टचार र कुशासनको नमूना बन्दै गएको बिषयमा नेपाली काँग्रेस मुख दर्शक भएर नबस्ने चेतावनी समेत दिन चाहन्छौं ।’ ‘नगरको रचनात्मक काममा काँग्रेस सदैव सहयोगी बनेको छ र बन्ने छ । नगरपालिकाको आन्तरिक बिषय त्यहाँ निर्वाचित भएका जनप्रतिनिधिहरुले निराकरण गर्नुपर्छ भन्ने मान्यता नेपाली काँग्रेसको रहेको छ,’ काँग्रेसले विज्ञप्तीमा भनेको छ, ‘तर काँग्रेस मौन बस्नुलाई कमजोरीका रुपमा नबुझ्न पनि हामी यसै विज्ञप्ती मार्फत स्पष्ट पार्न चाहन्छौं ।’ विज्ञप्ती मार्फत नेपाली काँग्रेसले नगरपालिका नेतृत्वसंग केही प्रश्न समेत उठाएको छ । काँग्रेसले विज्ञप्तीमा भनेको छ, ‘नगरपालिकाको कर्मचारी नेतृत्व प्रमुख प्रशासकीय अधिकृत छोटो छोटो समयमा यहाँबाट अन्यत्र जानु पर्ने, जुनसुकै प्रमुख प्रशासकीय अधिकृत आउँदा पनि जनप्रतिनिधिहरुसँग नै पटक पटक बिवाद हुनु पर्ने आखिर समस्या मेचीनगरमा आउने प्रमुख प्रशासकीय अधिकृतको मात्रै हो त ? कि समस्या मेचीनगर भित्रै छ ? मेचीनगरको नेतृत्वलाई हाम्रो प्रश्न छ ।’

नगरबासीको भरोसाको केन्द्र हुनु पर्ने नगरपालिकाको कार्यालय दैनिक जसो युद्ध मैदान जस्तो भइरहनुलाई नेपाली काँग्रेसले नगरबासीको नै अपमान भएको विज्ञप्तीमा उल्लेख गरेको छ । यस अघि नगरप्रमुख र उपप्रमुखबाट जारी भएको विज्ञप्ती प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै विज्ञप्तीमा नगरपालिकामा भएको घट्नाको भत्सर्ना गर्दै काँग्रेसले दोषीलाई यथाशिघ्र कारबाहीको माग समेत गरेको छ ।

यस अघि मंगलबार नै नेकपा एमाले मेचीनगर कमिटिका तर्फबाट नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मिना पोखरेल उप्रेतीलाई संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएको थियो । नगरप्रमुखको कार्यकक्षमा नै पुगेर एमालेले ध्यानाकर्षण पत्रमा जनप्रतिनिधि र कर्मचारीबीच तालमेल नमिलेका कारण नगरपालिकामा समस्या आएकाले त्यसलाई चुस्त दुरुस्त रुपमा व्यवस्थापन गर्न माग गरेको छ ।

मेचीनगर नगरपालिकामा नदिजन्य सामग्री ढुङ्गागिटि भण्डारण र त्यसलाई सम्बन्धीत ठेकेदारलाई बिक्रि गर्न गर्न अनुमति दिनुपर्छ भन्ने नगरप्रमुख सहितका जनप्रतिनिधि र कानून नगरपालिकाले जफत गर्नु पर्छ भन्ने कर्मचारी नेतृत्वबीच लामो समयदेखि बिवाद हुँदै आएको छ । जसका कारण पुस १६ गते नगरप्रमुख बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीबीच भएको बिवादले उग्र रुप लिंदा नगरपालिकामा प्रहरी परिचालनसमेत गर्नु परेको थियो भने प्रमुख प्रशासकिय अधिकृत रेग्मीले कानून बमोजिम काम गर्न नदिएको भन्दै नगरपालिका छोडेर हिडेका छन् ।

यो पनि पढ्नुहोस

मेचीनगर नगरपालिका: जनप्रतिनिधि र कर्मचारीबीच स्वार्थ बाजिएपछि अनिणर्यको बन्दी

२०८० पुष १८, बुधबार प्रकाशित 1 Minute 138 Views

ताजा समाचार