२०८१ बैशाख २१ शुक्रबार

झापामा तातो खोलेमा परी घाइते भएका बालिकाको मृत्यु

झापा । तातो खोलेमा परी घाइते भएका झापा बाह्रदशी गाउँपालिकाका एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । बाह्रदशी ५ का गोपाल टुडूका २ वर्षीय वर्षीया छोरी टुडूको उपचारका क्रममा काठमाडौँको सुष्मा मेमोरियल अस्पतालमा मंगलबार मृत्यु भएको हो ।

केही दिनअघि नै ती बालिकालाई खोलेले पोलेको थियो । बेलैमा ठाउँमा उपचार गर्न नलैजाँदा ती बालिकाको मृत्यु भएको झापा क्षेत्र नं. ३ का सांसद राजेन्द्र लिङ्देनले बताए ।

उनले जलनसम्बन्धी उपचारका लागि पर्याप्त अस्पतालहरू नहुनु र मुलरुपमा जलनमा परेकालाई समयमै जलनको उपचार हुने अस्पतालमै लानुपर्छ भन्ने जनसाधारण र स्वास्थ्यकर्मीहरूमै समेत ज्ञान नभइदिँदा उपचारमा ढिलाइ भएर ती बालिकाको ज्यान गएको बताए । सबै स्थानीय तहहरूले जलन उपचार सम्बन्धमा विशेष जनचेतना अभियान सञ्चालन गर्न आवश्यक देखिएको उनको भनाई छ ।

२०८० पुष १८, बुधबार प्रकाशित 0 Minutes 203 Views

ताजा समाचार