हिमालबाट कर्याङकुरुङ आए, फर्सी-काँक्रा रोप भन्थे, अचेल त देखिनै छाडे
कुवेत पठाइदिन्छु भन्दै २ लाख रुपैयाँ ठगी गरेको अभियोगमा तेह्रथुम म्याङ्लुङ नगरपालिका-२ घर भई काठमाडौँ महानगरपालिका-८ गौशाला बस्ने ४३ वर्षीया जुनु तुम्बाहाङफेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जुनुले १ जनालाई वैदेशिक रोजगारीका लागि कुवेत पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ गौशालाबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



