२०८१ बैशाख २१ शुक्रबार

सिपबिल्डिङमा सहभागीलाई उत्पादनशील क्षेत्रमा आवेदन दिन पाउने समय थपियो

१७ पुस, काठमाडौं । सरकारले सिपबिल्डिङमा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा परीक्षा भर्न तोकिएको समय थप भएको छ ।

वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले मंगलबार एक सूचना प्रकाशित गर्दै यस्तो मिति २ दिन थप भएको जनाएको छ ।

यसअघि १३ पुसको निर्णय अनुसार १६-१८ पुससम्म फारम भर्न पाउने गरी समय तोकिएको थियो । यसलाई अब २ दिन थप गरी २० पुससम्म पुर्‍याइएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

गत शुक्रबार बालकुमारीमा भएको अप्रिय घटनामा परी २ जनाको मानवीय क्षति भएको, मृतकको दाहसंस्कार हुन नसकेको र मृतकको अन्तिम संस्कारमा सिपबिल्डिङमा फारम भरेका परीक्षार्थी समेत सहभागी हुन सक्ने देखिएको भन्दै समय थप गर्ने निर्णय भएको शाखाले जनाएको छ ।

अर्कोतर्फ फारम भनए सुरु भएको पहिलो दिन सिस्टममा प्राविधिक कारणले केही समय अवरोध आएका कारण समेतका मानवीय सम्वेदनालाई मध्यनजरी गरी मिति दुई दिन थप्ने निर्णय भएको शाखाको भनाइ छ ।

हेर्नुहोस् सूचनाः

२०८० पुष १७, मंगलवार प्रकाशित 1 Minute 75 Views

ताजा समाचार