२०८३ जेष्ठ २१ बिहीबार

जापानमा भूकम्प : हालसम्म ३० जनाको मृत्यु

टोकियो : जापानमा सोमबार गएको भूकम्पका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको छ। स्थानीय प्रशासनले उनीहरुको मृत्यु भएको पुष्टि गरेको छ।

सोमबार जापानमा ७.६ म्याग्निच्युडको भूकम्प गएपछि प्रशासनले सुनामीको चेतावनी जारी गर्दै तटीय क्षेत्रबाट मानिसहरूलाई बाहिर निस्कन आग्रह गरेको थियो।

तर उक्त चेतावनीलाई मंगलबार बिहान एजबाइजरीमा परिणत गरिएको छ।

भूकम्पका कारण हालसम्म वाजिमामा १६ र सुजुमा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ। भूकम्पका कारण भग्नावशेषमा रहेका मानिसलाई बचाउने प्रयास भइरहेको छ। एक हजारभन्दा बढी उद्धारकर्मी खटिएका छन्।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्प प्रभावित जनतालाई छिट्टै सहयोग पुग्ने आश्ववासन दिएका छन्।

उनी भन्छन्, ‘सडक भत्किएकाले आत्मरक्षा बललाई भूकम्प प्रभावित क्षेत्रमा पुग्न निकै चुनौती छ। भवनमा फसेका व्यक्तिहरूलाई जतिसक्दो चाँडो उद्धार गरि भवन भत्किनुअघि नै बाहिर निकाल्न आवश्यक छ।’ बीबीसी

२०८० पुष १७, मंगलवार प्रकाशित 1 Minute 299 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।