२०८१ चैत्र ५ मंगलवार

दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने नेपाली दम्पती पक्राउ

भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने कार्यमा संलग्न नेपाली  नेपाली दम्पती पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा स्याङ्जा गल्याङ नगरपालिका-७ का ३५ वर्षीय टिकाराम भण्डारी र उनकै श्रीमती ३१ वर्षीया अस्मिता भण्डारी रिया ली भन्ने टिका कुमारी वली रहेका छन् ।

विभिन्न होटेल, रेस्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाई समेत राम्रो हुने आर्थिक प्रलोभन देखाई नेपाली महिलाहरूलाई भारतको दिल्ली पुर्‍याई वेश्यावृत्तिको लागि आफैले भाडामा लिएको अपार्टमेन्टमा राखी यौन क्रियाकलापमा लगाउँदै आएका थिए ।

सोही कार्यमा संलग्न उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको हो । उनीहरूलाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।

२०८० पुष १६, सोमबार प्रकाशित 1 Minute 249 Views

ताजा समाचार