२०८० फाल्गुन १४ सोमबार

भारतबाट घटबढ भएर आयो इन्धनको मूल्य, नेपालमा यथावत्

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य सामान्य घटबढ भएर आएको छ । तर, नेपाल आयल निगमले अहिलेलाई नेपालमा खुद्रामा मूल्यमा कुनै हेरफेर नगर्ने निर्णय गरेको छ ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज डिजेलको मूल्यमा प्रतिलिटर ०.१२ रुपैयाँ र एलपी ग्यासको मूल्यमा प्रति सिलिन्डर ०.२० रुपैयाँ घटेर आएको छ ।

तर, पेट्रोलको मूल्यमा प्रति लिटर ०.४१ रुपैयाँ बढेर आएको छ ।

निगमलाई हाल एलपी ग्यासमा प्रति सिलिन्डर ३००.४१ रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ ।

निगमका अनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६४ र डिजेलको मूल्य १५४ रुपैयाँ यथावत् ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेलको मूल्य १५६ रुपैयाँ छ ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेलको मूल्य १५७ रुपैयाँ यथावत् छ ।

२०८० पुष १५, आईतवार प्रकाशित 0 Minutes 115 Views

ताजा समाचार