२०८३ जेष्ठ २९ शुक्रबार

परालमा आगो लगाएको आरोपमा भद्रपुरबाट एक युवक पक्राउ

भद्रपुर । खेतमा राखिएको परालमा आगो लगाउँदै हिँडेको आरोपमा भद्रपुरबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका- ७ स्थित फुटानी चोक निवासी २१ वर्षीया  राजकुमार मर्डी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भद्रपुर- ४ रंगेडाडा निवासी राजु सापकोटाको खेतमा राखिएको परालको जाकमा आगो लगाउने क्रममा स्थानीयले उनलाई खेदाउँदै समातेका थिए ।

उनले आगो लगाएको स्वीकारेपछि स्थानीयले प्रहरी बोलाएर शुक्रबार राती जिम्मा लगाएका थिए । उनलाई प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान भइरहेको जनाइएको छ । सो क्षेत्रमा पराल जाकमा आगो लाग्ने घटना बढेसँगै स्थानीयले सक्रियता बढाएपछि युवक पक्राउ परेको जनाइएको छ ।

२०८० पुष १५, आईतवार प्रकाशित 1 Minute 294 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।