२०८१ श्रावण ४ शुक्रबार

राजा वीरेन्द्रको सम्झनामा काँकरभिट्टामा दीप प्रज्वलन

काँकरभिट्टा । राप्रपा निकट युवा, विद्यार्थी र धार्मिक संगठन मेचीनगरले शान्तिप्रेमी स्व. राजा वीरेन्द्र शाहको ७८ औँ जन्मजयन्तीको अवसरमा मुलुकमा शान्तिको कामना गर्दै काँकरभिट्टामा शनिबार दीप प्रज्वलन तथा माल्यार्पन गरेको छ ।

राप्रपाले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा स्व. शाहले पुर्‍याएको योगदानको स्मरण गरेको छ ।

राप्रपा मेचीनगरका नेता खेम प्रसाईंले नेपाललाई अन्तर्राष्ट्रिय तहमा फरक पहिचान बनाउन शान्ति क्षेत्रको प्रस्ताव गरेका स्व राजा वीरेन्द्र राष्ट्रवादी, शान्ति, विकास र प्रजातन्त्रका पक्षधर भएको बताए ।

धार्मिक संगठनका गिरिराज पौडेलले शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाको गम्भीर भर्सना गरेका छन् । गोली हान्न आदेश दिनेलाई पौडेलले कारबाहीको माग पनि गरेका छन् । कार्यक्रमको सञ्चालन राप्रपा विद्यार्थी मेचीनगर सहसचिव विशाल भट्टराईले गरेका थिए ।

युवा सङ्गठनका राजु शिवाकोटी, केशव गौतम र धार्मिक सङ्गठनका गिरीराज पौडेल साथै विद्यार्थी सङ्गठनबाट चरणजंग प्रसाईं र सागर शिवाकोटीलगायतको उपस्थिति थियो ।

२०८० पुष १४, शनिबार प्रकाशित 0 Minutes 434 Views

ताजा समाचार