२०८० फाल्गुन १९ शनिबार

पानी जहाज निर्माण क्षेत्रमा आवेदन दिएका सबैले उत्पादन क्षेत्रको भाषा परीक्षामा आवेदन दिन पाउने

आवेदन दिने म्याद पुस १६ देखि १८ गतेसम्म

काठमाडौँ — वैदेशिक रोजगार विभागले पानी जहाज निर्माण क्षेत्रमा भाषा परीक्षा दिइ बसेका ३२ हजारलाई उत्पादन क्षेत्रको भाषा परीक्षामा आवेदन दिन पाउने निर्णय गरेको छ । विभागले यही पुस १६ देखि १८ गतेसम्म फाराम भर्नको लागि शुक्रबार आवेदन खुला गरेको छ ।

उच्च अदालत पाटनले आवेदन फाराम भर्न रोक नलगाउनु भन्ने आदेश गरेपछि कोरियाको मानव संशाधन विभागबाट सकारात्मक प्रतिक्रिया आएको भन्दै विभागले गत साउनमा जहाज क्षेत्रमा भाषा परीक्षा दिएका आवेदकहरुले मात्रै फारम भर्न पाउने निर्णय गरेको हो ।

विभागले जहाजभन्दा बाहेकका व्यक्तिले फारम भर्न नपाइने जनाएको छ । ‘यदि भरेको खण्डमा स्वतः रद्द हुनेछ’, शुक्रबार साझ जारी विज्ञप्तिमा उल्लेख छ ।

 

२०८० पुष १३, शुक्रबार प्रकाशित 1 Minute 107 Views

ताजा समाचार