काँकरभिट्टा । काँकरभिट्टा बहुमुखी क्याम्पसले २५ औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । साँस्कृतिक कार्यक्रम, शुभकामना मन्तव्य, कविगोष्ठी क्याम्पस दर्पण लोकार्पणसहित क्याम्पसले २५ औं वार्षिकोत्स विविध कार्यक्रम गरी मनाएको हो ।
शुक्रबार क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले विधिवतरुपमा उद्घाटन गरेको थिइन् । उद्घाटन सत्रमा बोल्दैं प्रमुख अतिथि उपप्रमुख उप्रेतीले नेपालको संविधानले गुणस्तरीय शिक्षा र स्वास्थ्य हरेक नागरिकको नैसर्गिक अधिकारको रुपमा स्पष्ट उल्लेख गरेकाले हरेक बालबालिका शिक्षाको उज्यालो घामबाट बञ्चित हुन नहुने स्पष्ट पारिन् । यसका लागि स्थानीय सरकार लागि परेको र शिक्षा स्थानीय सरकारको पहिलो प्राथमिकतामा परेको जानकारी गराइन् ।
क्याम्पस सञ्चालक सदस्यका वरिष्ठ सदस्य भगिरथ भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा काँकरभिट्टा बहुमुखी क्याम्पस प्रकाशकर द हव, काँकरभिट्टा आवरण डिजाईन रहेको बर्ष ३ अंक १ क्याम्पस दर्पण (वार्षिक प्रतिवेदन २०७९/०८०) को लोकार्पणसमेत भयो ।
प्रमुख अतिथि उपप्रमुख उप्रेतीसहित सहभागी अतिथिहरुले संयुक्तरुपमा क्याम्पस दर्पणको लोकार्पण गरेका थिए । क्याम्पस दर्पणका विषयमा अध्यापक कुलदिप घिमिरेले टिप्पणी गरेका थिए ।
वार्षिकोत्सवकै अवसर पारेर विभिन्न समयमा सञ्चालन गरिएको प्रतियोगितात्मक विधाका विजयीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । शैक्षिक पुरस्कार अन्तर्गत आन्तरिक परीक्षा २०७९/०८० तर्फ समिर फूयाँल, दिपा पोखरेल, छन्दविक्रम चौहान र निरमया खड्का २०८० पौष १ देखि ६ सम्म आन्तरिक परीक्षातर्फ सुजाता पनेरु, दिपा पोखरेल, माया देवी चौहान, निरमाया खड्का स्नातक तह प्रथम वर्ष बोर्ड परीक्षा २०७८ को सर्वोत्कृट अंक प्राप्त गर्ने चिरञ्जिवी थापा र सेजल चौहान, स्नातक तह दोस्रो वर्ष बोर्ड परीक्षा २०७८ को सर्वोत्कृट अंक प्राप्त गर्ने दिपा पोखरेल र निरमाया खड्का स्नातक तह तेस्रो वर्ष बोर्ड परीक्षा २०७८ को सर्वोत्कृट अंक प्राप्त गर्ने रामप्रसाद मिश्र र सन्देश राईलाई पुरस्कार र प्रमाण पत्र प्रदान गरियो ।
स्नातक तह चौथो वर्ष बोर्ड परीक्षा २०७८ को सर्वोत्कृट अंक प्राप्त गर्ने चादनी गुरुङ, कुनाल थापा र सन्देश राईलाई पुरस्कार प्रदान गरियो । दुर्गा भण्डारी, मायादेवि चौहान र पूजा बस्नेत क्याम्पसको भर्ना अभियानको भिडियो प्रतियोगिातामा प्रथम, दोस्रो र तेस्रो भए । प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमस नगद ५ हजार ५ सय, ४ हजार ५ सय र ३ हजार ५ सय रुपैयाँ बराबरको छात्रावृत्ति प्राप्त गरे । सचिन तिम्सिनाको भिडियो सृजनात्मक उत्कृष्ट भएर ५ हजार ५ सय रुपैयाँको छात्रावृत्ति प्राप्त गरे ।
आन्तरिक चित्रकला प्रतियोगितातर्फ नितेश श्रेष्ठ, विशाल तामाङ र विज्ञान राई क्रमस प्रथम, दोस्रो र तेस्रो घोषित भए । उनीहरुले पुरस्कारसहित प्रमाणपत्र हात पारेका थिए ।
प्रतियोगितात्मक कवि गोष्ठीका प्रथम, दोस्रो र तेस्रो हुने क्रमस दुर्गा भण्डारी, विद्या भण्डारी र सौजन अधिकारीलाई प्रमाण पत्रसहित पुरस्कार प्रदान गरियो । प्रतियोगितात्मक बुद्घिचालतर्फ प्रथम र दोस्रो हुने आकाश बस्नेत र साहिल सत्याललाई पुरस्कारसहित प्रमाण पत्र प्रदान गरियो । आन्तरिक क्रिकेट प्रतियोगितामा बिबिएस, बिएड तेस्रो वर्षको संयुक्त टिम विजयी बन्दैं नगद ३ हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गर्यो । उत्कृष्ट खेलाडी कृष्ण राजवंशी घोषित भए ।
आन्तरिक फुटबल प्रतियोगितातर्फ बिबिएस बिएड दोस्रो वर्षको टिम बिजयी भएर नगद ३ हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गर्यो । ५ गोल गर्ने विशाल तामाङ उत्कृष्ट खेलाडी घोषित भए । कार्यक्रममा प्रतियोगितात्मक नृत्य समेत प्रस्तुत गरिएको थियो ।
आन्तरिक क्रिकेट प्रतियोगिता तर्फ बिबिएस तेश्रो वर्ष, चौथो वर्षको टिम बिजयी भएर नगद ३ हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गरेको थियो ।
अध्यापक दुर्गाबहादुर लुईटेलले सञ्चालन गरको उद्घाटन सत्रमा सहभागी सवैलाई क्याम्पस सञ्चालक सदस्य हरिप्रसाद तिम्सिनाले शब्दमार्फत स्वागत र सञ्चालक सदस्य दुर्गाप्रसाद सापकोटाले क्याम्पसको विगतदेखि वर्तमान अवस्थाका बारेमा चर्चा गरेका थिए ।