झापा । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएका झापा बुद्धशान्तिका एक युवकको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका- ३ स्थित कञ्चनवारि निवासी ३० वर्षीय पदम न्यौपाने सुतेकै अवस्थामा मृत भेटिएको बताइएको छ ।
उनको मृत्युको कारण भने खुलेको छैन । न्यौपाने दक्षिण कोरियाको बुसानस्थित मिर्यांग्सी कम्पनीमा कार्यरत थिए । उनी पाँच वर्षअघि इपिएस कामदारको रुपमा दक्षिण कोरिया गएका थिए । एक वर्षअघि बिदा लिएर घर आएका उनी फेरि रोजगारीका लागि दक्षिण कोरिया फर्किएका थिए । उनी चार दिनअघि मात्र परिवारको सम्पर्क आएको पारिवारिक स्रोतले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



