२०८३ जेष्ठ २९ शुक्रबार

झापामा मोटरसाइकलको ठक्करबाट पूर्व सैनिकको मृत्यु

झापामा मोटरसाइकलको ठक्करबाट पूर्व सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–२ निवासी ३९ वर्षीय ह्रदय भण्डारी रहेका छन् । बुधबार साँझ सवा ७ बजेको समयमा पूर्व सैनिक भण्डारीलाई घर नजिकै नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भण्डारीलाई उपचारका लागि बिर्तासिटी हस्पिटल बिर्तामोड लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई सैनिक अस्पताल छाउनी रेफर गरिएको थियो । त्यहाँ पनि उपचार नहुने भएपछि उनलाई घर ल्याएको र उपचारका बिहीबार दिउँसो प्रादेशिक अस्पताल भद्रपुर लाँदै गर्दा बाटैमा उनको मृत्यु भएको

बाह्रदशीका कार्यपालिका सदस्य लक्ष्मी निरौला अधिकारीले जानकारी दिइन् । ठक्कर दिने मोटरसाइकल चालक पन्थापाडातर्फ फरार भएको र उनको खोजी कार्य जारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

२०८० पुष १२, बिहीबार प्रकाशित 0 Minutes 399 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।