२०८३ जेष्ठ २९ शुक्रबार

हर्क साम्पाङले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको फोटो

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएका छन् ।

संघीय सरकारले धरानलाई महत्त्व नदिएको गुनासो गर्दै साम्पाङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्वीर कार्यकक्षबाट हटाएका हुन् ।
उनले त्यस स्थानमा किराँतहरूका प्रथम राजा यलम्बरको तस्वीर राखेका छन् ।

संघ, प्रदेश र स्थानीय तह एवं मातहतका कार्यालय प्रमुखको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर राख्ने प्रचलन छ ।

साम्पाङले राष्ट्र प्रमुख र सरकार प्रमुखको तस्वीर कार्यकक्षबाट हटाउने घोषणा ट्विटरमार्फत गरेका थिए ।

‘अबदेखि मेरो कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु । जुन दिन केन्द्रले धरानलाई महत्त्व दिन्छ, त्यो दिन पुन: उनीहरूको फोटो टाँस्नेछु । जय देश !’ साम्पाङले लेखेका थिए ।

२०८० पुष १२, बिहीबार प्रकाशित 1 Minute 377 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।