काठमाडौं । कोशी प्रदेशले प्रधानमन्त्री कप महिला क्रिकेटको प्ले अफमा स्थान बनाएको छ।
बिहीबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै कोशीले शीर्ष-४ भित्र स्थान सुरक्षित गरेको हो ।

६ खेलबाट १० अंक भएको कोशी दोस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको एपीएफको पनि १० अंक तर कोशीभन्दा एक खेल कम खेलेको छ।
कीर्तिपुर क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ३ विकेट गुमाएर एक सय १८ रन जोडेको थियो ।
सुदूरपश्चिमका लागि विन्दु रावलले ३३, सम्झना खड्काले २७ र कविता जोशीले २६ रन जोडे। रेवती धामीले पनि २० रन बनाइन् ।
कोशीले १७.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । रुविना क्षेत्रीले ५१ र काजल श्रेष्ठले ५४ रन बनाए । उनीहरूले पहिलो विकेटका लागि एक सय १८ रनको साझेदारी गरेका थिए ।
काजल श्रेष्ठ प्लेयर अफ दी म्याच घोषित भइन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



