“म संसारको जति सुन्दर ठाउमा पुगे पनि पाचथर सम्झन्छु” लावती ।पाचथरे राजनीतिमा बिकाशको पर्याय,आट र शाहसका प्रतिमूर्ती,प्रत्युत्पन्नमती,कुसाग्र बुद्धि र हठी स्वभाबका धनी पद्मसुन्दर लावतिको जन्म बि. स. १९९६ साल श्रावम ९ गते सनिबारका दिन पाकिस्थानको बलचिस्थान प्रान्तमा भएको थियो ।पिता महेन्द्रबहादुर र माता पद्मकुमारिको गर्भबाट जन्मिएका लावती अढाइ बर्षको बाल्यकालमै पितृ स्नेहबाट बन्चित बनेका थिए ।तेह्रथुमको जलजले स्थित मावली घरबाट बालापन बिताए पनि कर्मथलो पाचथरलाइ बनाए । उनी २०१२ सालबाट धनकुटा, धरान हुँदै २०१३ सालमा काठमाडौ पुगे ।जीवनमा केही गरौ भन्ने ध्येय बोकेका उनिले काठमाडौ पुगे लगत्तै २०१४ सालको भद्र अवज्ञा आन्दोलमा सहभागी भए।सानैदेखी सामन्ती सस्कार बिरुद्ध आगो ओकल्ने लावतीले आफ्नै अगुवाइमा धर्म भकारी ,हस्पिटल स्कुल ,क्याम्पसका लागि जग्गा ब्यबस्था अभियान सुरु गरे ।बि स २०१९ मा युवक संगठनको अञ्चल सभापती हुँदै २०२४ सालमा सोही संगठनको राष्टिय पन्चायत सदस्य बन्न पुगे। ६० बर्से लामो राजनीती जीवनमा २०२९सालमा किर्तिनिधी बिस्ट नेतृत्वको सरकारमा उद्योग बाणिज्य मन्त्री बनेका लावती ;सुचना तथा संचार ,सामान्य प्रशासन ,गृह हुँदै १२ औ पटक सम्म मन्त्री बनेका थिए ।जनताको सुख दुख,भर अभर न्याय अन्याय,होची अर्गेलीसगै जनताको दैनिक ब्यबहारमा सगसगै हुने भएकोले पनि २५ बर्ससम्म निर्वाचित माननीय सदस्यको रुपमा रहे। ०४५सालको महा भुकम्पमा जनताको झुपडीमा सारथि बनी पुगेका लावती रा. प्र .पाको महामन्त्री ,सह अध्यक्ष ,हुँदै समानान्तर केन्द्रिय समितिको अध्यक्ष बन्न पुगे ।बिधिको बिधान दैवको लिला २०७२ साल जेठ २७ गते हामी माझबाट सदा सदाका लागि बिदा भए ।उनिको मृत्युबाट पाचथरमा असह्य क्षति भयो ,जिल्लाको आसास्तम्भ ढल्यो,अनाथ असहाय असक्तको टेक्ने लट्ठी भाचियो,बिकासको बत्ती निभ्यो,जिल्लाका धन्वन्तरी अस्ताए ।आजसम्म उनै लावतीको अभाव मससुस भएको छ,उनिको परिपूरण कहि कसैबाट भएको आभास मिलेको छैन उनै ग्राम पिताप्रती उच्च सम्मान सहित सालिक अनावरण भएको हो ।
२०८० पुष ११, बुधबार प्रकाशित
0 Minutes
231 Views