२०८१ बैशाख १४ शुक्रबार

आबसको साधारण सभामा दर्जनौं सम्मानित

बिश्वास दाहाल काँकरभिट्टा, २७ पुस । मेचीनगरको काँकरभिट्टामा केन्द्रीय कार्यालय रहेको आधुनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड (आबस) को यसवर्ष शेयरपुँजी २ करोड ६३ लाख १५ हजार २४४ रुपैयाँ पुगेको छ ।

आबसको बुधबार (आज) काँकरभिट्टा खानेपानी सभाहलमा सम्पन्न ११औं वार्षिक साधारण सभामा अध्यक्ष अंगतबहादुर थापाले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । अध्यक्षद्वारा प्रस्तुत वाषिक प्रतिवेदनमा संस्थाको जगेडा कोषमा ७८ लाख ८५ हजार ८ सय ३९ रुपैयाँ रहेको छ । संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा ३६ लाख ९७ हजार ६८ रुपैयाँ नाफा कमाएको छ ।

२०६८ सालबाट दर्ता भई सञ्चालित उक्त सहकारीको २०७९ असार सम्ममा आइपुग्दा ७ हजार ८२२ जना सेयर सदस्य पुगेका छन् । संस्थाले सदस्यहरुका निमित्त कार्य क्षेत्रसमेत विस्तार गरेको व्यवस्थापक पारस ओलीले बताए । हालसम्म आबसको काँकरभिट्टा, भद्रपुर, बिर्तामोड, भृकुटी बजार र चारआलीमा सेवा केन्द्र विस्तार भएको छ ।

उत्कृष्ट बचतकर्ता सम्मान

संस्थाले साधारण सभाको अवसरमा उत्कृष्ट बचतकर्तालाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा राजु पोखरेल, तोरणकुमार खड्का, रेणुका महतो, टिकाराम श्रेष्ठ र सहवती राजवंशी छन् ।

उत्कृष्ट ऋणी सम्मान

संस्थाले पाँचजना उत्कृष्ट ऋणीलाई सम्मान गरेको छ । देवकुमारी देवान सुब्बा, लक्ष्मी प्रधान, जमुनादेवी दाहाल, तारा गिरी र झरीदेवी राजवंशीलाई नगदसहित सम्मान गरिएको हो ।

उत्कृष्ट कर्मचारी सम्मान
आबसले यसवर्ष दुईजना कर्मचारीलाई सम्मान गरेको छ । कर्मचारी माधव भट्टराई र तब्बु थापालाई संस्थाले सम्मान गरेको हो ।

जेष्ठ नागरिक सम्मान
संस्थाले कृष्णप्रसाद आचार्य, ओमप्रकाश बंशल, दानबहादुर तामाङ, जगमाया खड्का र सोना मर्डीलाई सम्मान गरिएको छ ।

संस्थाका अध्यक्ष अंगतबहादुर थापाको अध्यक्षता तथा प्रदेश सांसद गोपाल तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार तथा मेचीनगरका निवर्तमान नगर प्रमुख विमल आचार्य, महेन्द्रद्वार सहकारी संस्थाका अध्यक्ष राजु दाहाल, समाजसेवी डिल्लीराम घिमिरेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका उपाध्यक्ष मेदनीप्रसाद खरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव कमल थापाले गरेका थिए । साधारण सभाले नयाँ सञ्चालक समिति समेत चयन गर्दैछ ।

२०७९ पुष २७, बुधबार प्रकाशित 0 Minutes 678 Views

ताजा समाचार