२०८३ जेष्ठ २९ शुक्रबार

झापामा बससँग स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

झापा । पूर्व-पश्चिम राजमार्ग अन्तरगत झापाको कमलमा बससँग स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । कमल गाउँपालिका-४ स्थित ज्योति चोकमा सोमबार बिहान ९ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ११ प २०५१ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६४३५ नम्बरको बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी स्कुटरको पछाडि सवार अर्जुनधारा नगरपालिका- ७ निवासी ५० वर्षीय टेकनाथ खतिवडाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु थियो ।

यता स्कुटर चालक अर्जुनधारा- ९ निवासी २१ वर्षीय कमलप्रसाद खतिवडा र बस चालक मोरङ कानेपोखरी- ६ निवासी ३० वर्षीय केशव बस्नेतलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।

२०८० पुष ९, सोमबार प्रकाशित 1 Minute 384 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।