२०८१ असार ४ सोमबार

झापाको शरणार्थी शिविरमा आगलागि, तीन घर जलेर नष्ट

झापा । झापाको दमक नगरपालिका–३, बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागि भएको छ । आइतबार बिहान भएको आगलागिबाट तीन घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।

बिहान ३ बजे शरणार्थी शिविर सेक्टर सी फोर, छाप्रा नं ५३५ बस्ने भिमबहादुर घिमिरेको घरमा आगलागी भएको थियो । बाँसको टाटी बेरा र टिनको छानो भएको घरमा अचानक विद्युत सर्ट भई आगलागि भएको झापा प्रहरीले जनाएको छ ।

आगलागीबाट तीन टा घर, घरभित्र रहेका लताकपडा, भाडावर्तन, अन्नपात, काठपातसमेत जलेर नष्ट हुँदा अन्दाजी ५ पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । दमक नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयबासी मिलेर आगलागि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले झापाले जानकारी दिएको छ ।

२०८० पुष ८, आईतवार प्रकाशित 0 Minutes 162 Views

ताजा समाचार