धनगढी क्वालिफायरमा
लिग चरणको अन्तिम खेलमा काठमाडौंको जितले धनगढी एफसीलाई फाइदा भएको छ । ८ खेलबाट १३ अंक जोडेको धनगढीले दोस्रो स्थानमा रहेर क्वालिफायरमा स्थान बनाएको छ ।
अब उसले फाइनल प्रवेशका लागि सोमबार पोखरा थन्डर्ससँग खेल्नेछ । शीर्ष स्थानमा रहेका पोखराले ८ खेलबाट १५ अंक जोडेको छ ।
तेस्रो र चौथो स्थानमा रहेर प्ले अफमा पुगेका काठमाडौं र ललितपुरले मंगलबार इलिमिनेटर खेल्नेछ । यो खेलको विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित हुने टिमसँग खेल्नु पर्नेछ । अनलाइन खबरबाट