२०८३ जेष्ठ २९ शुक्रबार

मेचीनगरमा जङ्गली हात्तीले घरको सटर भत्कायो

झापा । मेचीनगरमा जङ्गली हात्तीले घरको सटर भत्काएको छ । बिहीबार मध्यरातमा एउटा हात्तीले मेचीनगर नगरपालिका-३ स्थित बडाखाल टोल निवासी धनमाया तामाङको एक तले पक्की घरको सटर र झ्यालको सिसा भत्काएको प्रहरीले जनाएको छ ।

हात्तीले  सटर र झ्यालको सिसा भत्काउँदा १० हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी पोस्ट भृकुटीका प्रहरी वरिष्ठ हवल्दार बाबुराम चौधरी नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर स्थानीयको सहयोगमा हात्ती धपाएका थिए ।

२०८० पुष ६, शुक्रबार प्रकाशित 1 Minute 1407 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।