२०८१ आश्विन ४ शुक्रबार

प्याब्सन झापाको सांस्कृतिक कार्यक्रम

दमक । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाले जिल्लास्तरीय बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । दमक नगरपालिकाको पशुहाट खुल्ला मैदानमा दुई दिनसम्म सञ्चालन भएको सांस्कृतिक कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोको अध्यक्षतामा भएको कार्यक्रमको पहिलो दिनको उद्घाटन प्रमुख अतिथि संघीय सांसद एलपी साँवाले गरेका थिए । त्यस्तै, दोस्रो दिनको कार्यक्रमको उद्घाटन उपसभामुख इन्दिरा राना मगरले गरेकी थिइन् ।

प्याब्सन झापाको १४ वटा पालिकाबाट प्रथम स्थान हासिल गर्न सफल भएका गायन तथा नृत्यलाई जिल्लास्तरीय कार्यक्रममा सहभागी गराइएको थियो । कार्यक्रममा न्यूटन्स् एजुकेसन एकाडेमी तथा एभरेष्ट स्मार्ट स्कुलका संस्थापक प्रिन्सिपलतर्फ स्व. हरिकुमार प्रसाईंलाई मरणोप्रान्त सम्मान दिइएको थियो । उक्त सम्मान उनकी धर्मपत्नी धर्मा पराजुली प्रसाईंले ग्रहण गरेकी थिइन् ।

संस्थापक प्रिन्सिपल चन्द्रप्रकाश राई चुलाचुली अंग्रेजी विद्यालय दमक, समाजसेवीतर्फ शिवसताक्षी नगरपालिका प्रमुख मेगहाङ थोप्रा (रोशन), शिक्षकतर्फ निजी विद्यालयमा लामो समय शिक्षण गरेका होमराज खतिवडा, पत्रकारतर्फ प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराई, नृत्य प्रशिक्षकतर्फ लोक संस्कृति खोज अनुसन्धानकर्ता सुनिल थापा, वरिष्ठ संगीत प्रशिक्षक विशाल राई, एसईई २०७९ मा उत्कृष्ट जिपिए ल्याउन सफल दुई विद्यालय इमिनेन्ट कञ्चनजंघा गौरादहका विद्यार्थी धनबहादुर थापा तथा एभरेष्ट अंग्रेजी विद्यालय दमकका विद्यार्थी विवेक थापालाई प्रशंसा पत्र तथा नगद पुरस्कारले सम्मान गरिएको थियो ।

कार्यक्रममा दमक नगरपालिका-७ ले प्याब्सन दमक पालिका तथा प्याब्सन झापा जिल्लास्तरीय कार्यक्रममा स्थान तथा अन्य सामाग्री उपलब्ध गराई सहयोग गरेकोमा वडाध्यक्ष भीम पौडेललाई कदरपत्र प्रदान गरिएको थियो ।

प्याब्सन झापाले आयोजना गरेको पालिकास्तरीय सांस्कृतिक कार्यक्रम उत्कृष्ट दुई पालिका गौरीगञ्ज गाउँपालिका र दमक नगरपालिकालाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो भने कार्यक्रममा व्यवस्थापनतर्फ सहयोग पुर्‍याउने ग्लोवल एजुकेसनल एकाडेमी दमकलाई कदरपत्रले सम्मान गरिएको थियो ।

जिल्लास्तरीय नृत्य तथा गायन प्रतियोगितामा सहभागी विद्यालयबाट उत्कृष्टमा पर्न सफल विद्यालयहरुमा जुनियर गायन १२ वर्षमुनितर्फ निदी अंग्रेजी विद्यालय बिर्तामोड प्रथम, धरमपुर प्रज्ञा पाठशाला शिवसताक्षी द्वितीय र विद्या सदन अंगे्रजी विद्यालय कमल तृतीय भए । त्यस्तै, सिनियर गायन १२ वर्षमाथि पारिजात पब्लिक स्कूल मेचीनगर प्रथम, प्रगति इङ्लिस बोर्डिङ स्कुल अर्जुनधारा द्वितीय र इन्पायर इङ्लिस बोर्डिङ स्कुल दमक तृतीय भए ।

त्यस्तै, सिनियर गायन कक्षा ११ र १२ तर्फ कणर्ाली एजुकेसन बुद्धशान्ति प्रथम, ग्लोबल एजुकेसनल दमक द्वितीय र कञ्चनजंगा अंग्रेजी विद्यालय बिर्तामोड तृतीय भए ।

कक्षा ५ सम्मको आधुनिक नृत्यतर्फ प्यारागन एकाडेमी कन्काई प्रथम, सर्वोदय अंग्रेजी विद्यालय दमक द्वितीय र हिमालय इङ्लिस बोर्डिङ स्कुल भद्रपुर तथा झापा नेशनल बोर्डिङ स्कुल मेचीनगर तृतीय भए । कक्षा ८ सम्मको राष्ट्रिय नृत्यतर्फ प्यारागन एकाडेमी कन्काई प्रथम, निहारीका इङ्लिस बोर्डिङ कमल द्वितीय, कणर्ाली एजुकेसन बुद्धशान्ति र सनराइज मोडल दमक तृतीय भए ।

त्यस्तै, कक्षा ९ देखि १२ सम्मको सांस्कृतिक लोक नृत्यतर्फ प्यारागन एकाडेमी कन्काई प्रथम, प्रगति इङ्लिस बोर्डिङ स्कुल अर्जुनधारा द्वितीय, कणर्ाली एजुकेसन बुद्धशान्ति तृतीय भएका छन् । कार्यक्रममा प्याब्सनका १४ वटा विद्यालयका ९१ विद्यालय सहभागी रहेका थिए भने करिब ७८० विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो ।

२०८० पुष ५, बिहीबार प्रकाशित 1 Minute 165 Views

ताजा समाचार