२०८३ जेष्ठ २१ बिहीबार

भारतको केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट, ३ जनाको मृत्यु

५ पुस,  काठमाडौं । भारतको केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट जेएन वानका पहिलो बिरामी फेला परे लगत्तै त्यहाँ ३  जनाको मृत्यु भएको छ ।

भारत भरमा सबैभन्दा धेरै संक्रमित केरलामा नै रहेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार बुधबार केरलामा कोभिड-१९ को ३०० संक्रमित फेला परेका छन् ।

केरला बाहेक भारतभरमा जम्मा ५८ जनामा ​​संक्रमण देखिएको छ ।

केरलामा सक्रिय संक्रमितको संख्या बढेर २ हजार ३४१ पुगेको छ। केरला बाहेक, अन्य सबै राज्यहरूमा सक्रिय संक्रमितको संख्या ३२८ मात्र छ । अनलाइन खबरबाट

२०८० पुष ५, बिहीबार प्रकाशित 1 Minute 303 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।