२०८३ जेष्ठ २२ शुक्रबार

जिम्मेवारी, वियोग र बदला समेटिएको ‘चित्रा’को टिजर सार्वजनिक

नेपाली चलचित्र ‘चित्रा’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको टिजरमा छोरीप्रति बाबुको उत्तरदायित्वलाई देखाइएको छ । जिम्मेवारी, वियोग र बदला समेटिएको टिजरमा चलचित्रका अधिकांश मुख्य कलाकार अटाएका छन् ।

घनश्याम लामिछानेले निर्देशन गरेको चलचित्रमा सन्तोष अधिकारी, अर्पण थापा, सुवेक्षा खड्का, प्रमोद अग्रहरी, अन्जना बराइली, मेनुका प्रधानलगायत कलाकार मुख्य भूमिकामा छन् । चलचित्रको कथा अजय अधिकारीले लेखेका हुन् ।

चलचित्र यही पुस २७ गते रिलिज हुँदै छ । निर्माण पक्षले टिजर सार्वजनिक गर्दै सिनेमाको प्रचार सुरु गरेको हो ।

 

२०८० पुष ४, बुधबार प्रकाशित 1 Minute 330 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।