२०८३ जेष्ठ २९ शुक्रबार

मध्य अफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

झापा । मध्य अफ्रिकी गणतन्त्रमा तैनाथ शान्ति सेनाको अदलीबदली भएको छ ।

मध्य अफ्रिकी गणतन्त्रमा तैनाथ पहिलो डफ्फालाई बदली गर्नको लागि महावीर गण (रेञ्‍जर)को दोस्रो तथा अन्तिम डफ्फाका २२५ जना शान्ति सैनिकहरू त्यसतर्फ प्रस्थान गरेका हुन् ।
सेनानी हरिकुमार पाण्डेको नेतृत्वको टोली संयुक्त राष्ट्रसंघको चार्टर्ड विमान (इथियोपियन एयरलाइन्स) बाट यही पुस ३ गते मिसन इलाकातर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ ।यसै गरी सोही मिसनमा तैनाथ पहिलो डफ्फाका २२४ जना शान्ति सैनिकहरू प्रमुख  सेनानी विजय बस्नेतको नेतृत्वमा मिसन अवधि पूरा यही पुस ५ गते स्वदेश फर्कने सेनाले जनाएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रमुख सेनानी प्रज्वल थापाको नेतृत्वमा २२५ जना शान्ति सैनिकहरू यस अगावै मिसन इलाकामा तैनाथ रहेका छन् ।

२०८० पुष ४, बुधबार प्रकाशित 0 Minutes 275 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।