२०८३ जेष्ठ २९ शुक्रबार

हल्दिबारीमा फेरि जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा । झापामा फेरि जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको  छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका- २ का अन्दाजी ५५ वर्षीय पाथल राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राजवंशी हल्दिबारी २ नम्बर वडा कार्यालयका कार्यालय  सहयोगीमा कार्य‌रत थिए ।

राजवंशी बुधबार बिहान घरबाट निस्किएका थिए । घर नर्फकिएपछि परिवारका सदस्यले उनको खोजी गरेका थिए । उनको घर नजिकैको नालामा झारले छोपेको अवस्थामा शव फेला परेको वडाध्यक्ष शुकलाल राजवंशीले जानकारी दिए । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापा, डिभिजन वन कार्यालय झापाको टोली पुगेको प्रहरीले जनाएको छ । गत मंसिरमा हल्दिबारी र दमकमा हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु भएको  थियो।

२०८० पुष ४, बुधबार प्रकाशित 1 Minute 316 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।