२०८३ जेष्ठ २९ शुक्रबार

झापामा १५ वर्षीया बालिका बलात्कृत, एक पक्राउ

झापामा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।  झापा गौरादह नगरपालिका-६ बस्ने २३ वर्षीय दीपक बराइलीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

कन्काई नगरपालिका- २ सुरुङगा बजारस्थित पेरिस होटल एण्ड लजमा गत मंसिर २५ गते बराइलीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।  घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

२०८० पुष ४, बुधबार प्रकाशित 1 Minute 501 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।