काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलाको एक हजारले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ कायम छ। यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम छ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम थियो।
यस्तै, आज चाँदीको मूल्य समेत तोलामा १५ रुपैयाँले बढेको छ। आज चाँदी तोलामा १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।