२०८३ जेष्ठ २९ शुक्रबार

पुस २ र ३ गते त्रिविका सबै सेवा बन्द हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले भोलि सोमबार र मंगलबार(२ दिन) सबै सेवा बन्द हुने जनाएको छ। त्रिविले ४९ औँ दीक्षान्त समारोह आयोजना गर्ने भन्दै सेवा बन्द गरिएको जनाएको हो।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीद्धारा जारी सूचनाअनुसार सोमबार ४९ औँ दीक्षान्त समारोह हुँदै छ।

‘त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोह मिति २०८० साल पौष २ गते सोमबारका दिन आयोजना हुन गईरहेकाले त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा प्रदान गरिँदै आएका सेवाहरु मिति २०८० पौष २ र ३ गते दुई दिन पूर्ण रुपमा बन्द हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’सूचनामा उल्लेख छ।

त्रिविका परीक्षा उपनियन्त्रक डा. पवन बरालका अनुसार दीक्षान्तमा १२ हजार सहभागी हुने र ७३ हजार विद्यार्थीहरू दीक्षान्त हुनेछन्।

२०८० पुष ४, बुधबार प्रकाशित 0 Minutes 286 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।