
झापा । झापामा धान झाँट्ने थ्रेसरमा बेरिएर एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा गाउँपालिका २ सुगा बथानका ५७ वर्षीय नुनुवा टुडुको थ्रेसर मेसिनमा बेरिएर बुधबार बिहान मृत्यु भएको हो ।
प्र१–०१–००१ त ८०९२ नम्बरको ट्याक्टरमा जोडेको थ्रेसर मेशिनमा धान झाँट्ने क्रममा टुडु अचानक बेरिएका थिए । उनको घटनाथलमै मृत्यु भएको र कानुनी प्रकृया पुरा गरी शव परिवारको जिम्मा लगाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

२०८० पुष ४, बुधबार प्रकाशित
0 Minutes
250 Views