२०८३ जेष्ठ २९ शुक्रबार

झापामा थ्रेसर मेसिनमा बेरिएर एक जनाको मृत्यु

झापा । झापामा धान झाँट्ने थ्रेसरमा बेरिएर एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा गाउँपालिका २ सुगा बथानका ५७ वर्षीय नुनुवा टुडुको थ्रेसर मेसिनमा बेरिएर बुधबार बिहान मृत्यु भएको हो ।

प्र१–०१–००१ त ८०९२ नम्बरको ट्याक्टरमा जोडेको थ्रेसर मेशिनमा धान झाँट्ने क्रममा टुडु अचानक बेरिएका थिए । उनको घटनाथलमै मृत्यु भएको र कानुनी प्रकृया पुरा गरी शव परिवारको जिम्मा लगाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

२०८० पुष ४, बुधबार प्रकाशित 0 Minutes 377 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।