२०८० फाल्गुन २१ सोमबार

वायु सेवा निगम: आम्दानी ३ वर्षमा दोब्बरले बढ्यो, एक वर्षमा २२ अर्ब २४ करोड कमायो

काठमाण्डाै । नेपाल वायु सेवा निगमको आम्दानी गएको तीन वर्षमा दोब्वरभन्दा धेरै वृद्धि भएको छ ।

महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कुल आम्दानी आर्थिक वर्ष २०७७/७८ मा नाै अर्ब १० करोड ९७ लाख ३१ हजार रहेकाेमा आर्थिक वर्ष २०७८/७९ मा १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार रुपैयाँ रहेको छ । त्यसैगरी गएको आर्थिक वर्ष २०७९/८० को प्रारम्भिक कुल आम्दानी २२ अर्ब २४ करोड १९ लाख रुपैयाँ देखिएको निगमका प्रवक्ता रमेश पौडेलले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

उहाँका अनुसार निगमले गएको तीन वर्षमा आफ्नो आम्दानीमा एक सय ४४ प्रतिशतले वृद्धि गरेकोे छ । आठ वर्षदेखि निगमसँग अन्तर्राष्ट्रियतर्फ चार वटा र आन्तरिकतर्फ दुई वटा जहाज उडानमा छन् । अहिलेको बजार माग सम्बोधन गर्न र प्रतिस्पर्धात्मक ढङ्गले बजारीकरण गरी अझै धेरै आम्दानी गर्नका लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकोले यसतर्फ आवश्यक कार्ययोजना बनाई अगाडि बढ्ने काम भइरहेको निगमले जनाएको छ ।

२०८० पुष ३, मंगलवार प्रकाशित 0 Minutes 66 Views

ताजा समाचार