२०८३ जेष्ठ २९ शुक्रबार

जबरजस्ती करणी गरेको आरोपमा खोटाङ र भोजपुरमा दुई जना पक्राउ

काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा खोटाङ र भोजपुरमा २ जना पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खोटाङ ऐसेलुखर्क गाउँपालिका १ बस्ने २७ वर्षीय भक्त बहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।

सुनुवारले ती किशोरीलाई मंसिर २७ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट राखावाङदेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उता १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर षडानन्द नगरपालिका १३ मुखिया टोल बस्ने ३१ वर्षीय सागर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले ती बालिकालाई मंसिर २८ गते साँझ सोही ठाउँस्थित कोदोबारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

२०८० पुष ३, मंगलवार प्रकाशित 0 Minutes 508 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।