२०८३ जेष्ठ २९ शुक्रबार

विश्वप्रकाशको प्रश्न- दलले चुनावको चिन्ता गरे देशको चिन्ता कसले गर्ने ?

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन नसकिँदै सबै राजनीतिक दलले चुनावको चिन्ता लिँदा देश पछाडि परेको दाबी गरेका छन् ।

आज पोखरामा कांग्रेस गण्डकी प्रदेश सम्मेलनको उद्घाटन सत्रमा बोल्दै महामन्त्री शर्माले सबैले चुनावको चिन्ता लिए पनि कांग्रेसले चुनावको चिन्ता लिन नहुने बताएका हुन् । ‘एमालेले मिसन ८४ भन्दै हिँडेको छ । नयाँ पार्टीले पनि मिसन ८४ भन्दैछ । हरेक दलले चुनावको चिन्ता गर्ने अनि देशको चिन्ता कसले गर्ने ?’ शर्माले भने, ‘भन्ने नै हो भने १५ वर्षमा देशलाई यहाँ पुर्‍याउछु भन्ने हो ।’

महासमिति बैठक फागुन ७ गतेभन्दा पछि नसर्ने महामन्त्री शर्माले दाबी गरे ।

२०८० पुष ३, मंगलवार प्रकाशित 1 Minute 331 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।