
झापा । झापाको बुद्धशान्ति-६ निवासी जीवन अधिकारी अहिले आफ्नै ‘जिवन’ को सपना पुरा गर्न गुहार गरिरहेका छन् । उनको एउटै मात्र सपना हो ‘मेचीदेखि महाकालीसम्मको म्याराथुन दौड हो ।
पौष ६ गते नेपालको पूर्वी नाका मेची पुलबाट उनले लामो समयदेखिको आफ्नो सपना पुरा गर्नका लागि म्याराथुनको आरम्भ गर्ने बताए । आर्थिक समस्याकै कारण आफ्नो दौडको सपना पुरा नभएको बताउँदै अधिकारीले आफ्नो सपना साकार बनाइदिनका लागि थोरै भए पनि आफूलाई आवश्यक पर्ने आर्थिक सहयोगका लागि अपिल समेत गरेका छन् ।

पत्रकार तथा मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टा अध्यक्ष मुक्ति पौडेलले संस्थागत रुपमा अधिकारीको दौडको सपना पुरा गर्न आफू लाग्ने बताए । अध्यक्ष पौडेलले समेत जीवन अधिकारीको लामो दौडको यो यात्रालाई सफल बनाउन सबैको सहयोगका लागि अनुरोध गरेका छन् । अधिकारीले मेचीदेखि महाकालीसम्मको दौड यात्राको आरम्भ पुस ६ गतेबाट मेची पुलबाट गर्ने बताए ।