२०८१ माघ ६ आईतवार

कुवेतका अमिरको निधनमा भोलि शोक मनाउने सरकारको निर्णय

१ पुस, काठमाडौं । सरकारले कुवेतका अमिरको निधनमा भोलि सोमबार शोक मनाउने निर्णय गरेको छ ।

कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाजेर अल सबाको ३० मंसिरमा ८६ वर्षको उमेरमा निधन भएको थियो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनको सम्मानमा भोलि २ पुसमा शोक मनाउने र देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । अनलाइन खबरबाट

२०८० पुष १, आईतवार प्रकाशित 0 Minutes 173 Views

ताजा समाचार