२०८० फाल्गुन २० आईतवार

पेट्राेल, डिजेलकाे भाउ लिटरमा ३ रुपैयाँले घट्याे

काठमाण्डाै – नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे छ । निगमले आज शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे हाे ।

निगमले पेट्राेल तथा डिजेल/मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएकाे छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट आज मूल्य घटेर आएपछि निगमले पनि मूल्य घटाएको हो ।

अब काठमाण्डाै उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६७ रुपैयाँ पर्नेछ भने डिजलको मूल्य प्रतिलिटर १ सय ५७ रुपैयाँ पर्नेछ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनकाे मूल्यमा भने घटबढ गरेकाे छैन ।

२०८० मंसिर २९, शुक्रबार प्रकाशित 0 Minutes 134 Views

ताजा समाचार