२०८० फाल्गुन १४ सोमबार

महेन्द्रनगरद्वार सहकारीको ३४ औं वार्षिक साधारण सभामा सम्मान

काँकरभिट्टा । मेचीनगर-६ स्थित काँकरभिट्टाको महेन्द्रनगरद्वार सहकारी संस्थाले ३४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शुक्रबार संस्थाको सभाहलमा सम्पन्न बार्षिक साधारण सभाको औपचारिक रूपमा संविधान सभा सदस्य एवम् प्रमुख अतिथि लिलामणी पोखरेलले व्यानर पडेर उद्घाटन गरेका थिए ।

संस्थाका अध्यक्ष राजकुमार दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा, खेलकुद, उत्कृष्ट बचत र ऋणीलाई सम्मान गरिएको थियो ।

संस्थाका उपाध्यक्ष युद्वराज ओलीले स्वागत गरेको कार्यक्रम लेखा प्रतिवेदन संयोजक रमेश दाहालले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्थानिय संघ संस्था, राजनितिक दल र संस्थाका शेयर सदस्यहरूको उपस्थित रहेको थियो ।

राजनीतिक दलकातर्फबाट डिल्लीराम घिमिरे र सहकारीकोतर्फबाट बिपी भट्टराईले मन्तव्य राखेका थिए ।

वार्षिक प्रतिवेदन अध्यक्ष दाहालले प्रस्तुत गरेका थिए भने सञ्चालन प्रकाश ढुङ्गानाले गरेका थिए ।

२०८० मंसिर २९, शुक्रबार प्रकाशित 1 Minute 176 Views

ताजा समाचार