२०८३ जेष्ठ २९ शुक्रबार

अब २५ वटा आवश्यक सेवामा हडताल गर्न नपाइने

बिर्तामोड । सरकारको निर्णयअनुसार अब विभिन्न २५ वटा आवश्यक सेवामा हडताल गर्न नपाइने भएको छ । अघिल्लो हप्ता बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार राजपत्रमा २५ वटा आवश्यक सेवामा हडताल गर्न नपाइने सूचना प्रकाशित गरिएको हो ।

हडताल गर्न नपाइने आवश्यक सेवामा डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाई मार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा रहेका छन् ।

यस्तै, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, खानेपानीको सञ्चालन तथा वितरण सेवा, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा (एम्बुलेन्स लगायत) छन् ।

यस्तै, औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा, बैंकिङ्क सेवा, बीमा सेवा, विद्युत् सेवा, मास्कसम्बन्धी सेवा, ह्याण्ड स्यानिटाइजरसम्बन्धी सेवा, भेटेरिनरी सेवा, कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा, राहदानी विभागबाट प्रदान हुने सेवा, इन्टरनेट सेवामा पनि हडताल गर्न नपाइने भएको छ ।

२०८० मंसिर २९, शुक्रबार प्रकाशित 0 Minutes 287 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।