काठमाडौँ । नेपाली गायिका मेनुका पौडेलले फिल्म सलारमा गाएको गीत युट्युवमा निकै नै रुचाइएको छ । ‘सुरज हि छावँ बनके’ बोलको उक्त चलचित्रको गीत सार्वजनिक भएको दुई दिनमा एघारौं नम्बरको ट्रेन्डिङमा चढेको हो।
युट्युवमा सार्वजनिक भएको लिरिकल भिडियो दुई दिनमै २७ लाख बढीले हेरेका छन् । प्रशान्त निलले निर्देशन गरेको फिल्ममा प्रभास मुख्य भूमिकामा छन्। मेनुकाको स्वर निकै सुमधुर सुनिएको छ।

इन्डियन आइडलमा सहभागी रहेको मेनुकाले स्याड फ्लेवरका गीत गाएर प्रशंसकहरू कमाइरहेकी छिन्। सलारमा पनि उनले आफ्नै फ्लेवरको गीत गाउन पाएकी हुन्। सलार हिन्दी फिल्मको उक्त गीत मेनुकाको पहिलो डेब्यू गीत पनि हो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



