२०८१ माघ ७ सोमबार

नेपाल–भारत सीमामा बंगलादेशी युवक पक्राउ

झापा । अवैध रुपमा नेपाल छिर्न लागेका एक बंगलादेशी नागरिकलाई बुधबार सीमापारि भारतीय प्रहरीले पक्राउ गरेको छ ।

२३ वर्षीय बंगलादेशी मोहम्मद आलमलाई नेपाल–भारत सीमाको चियारूजोत क्षेत्रबाट पक्राउ गरिएको हो । बंगलादेशी चियारूजोत क्षेत्रमा घुमफिर गरिरहेका थिए । स्थानीयवासीले शंका लागि प्रहरीलाई खबर गर्दा उनी बंगलादेशी भएको पुष्टि भएको थियो ।

प्रहरीले उनको साथबाट परिचयपत्र र एटीएम कार्ड बरामद गरेको थियो । परिचपपत्रकै आधारमा उनी बंगलादेशी भएको खुलेको हो । उनले अवैध बाटोबाट नेपाल प्रवेशका लागि आफू आएको प्रहरीलाई बयान दिएका छन् ।

आरोपीलाई सिलिगुडी अदालतमा म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पश्चिम बंगालका बंगाली समुदायसँग रुपरङ र भाषा मिल्ने कारण बंगलादेशीहरु भारतीयको भेषमा अवैध रुपमा नेपाल प्रवेश गर्ने गरेको तथ्य बाहिर आएको छ ।

२०८० मंसिर २८, बिहीबार प्रकाशित 0 Minutes 350 Views

ताजा समाचार